arrow

म्याग्देमा दश श्ययाको अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
hospital-final.jpg
तस्बिर-फाइल

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ ।

उक्त पालिकाले रु छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । 

अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । 

पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ । 

यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

म्याग्दे गाउँपालिका-४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ