arrow

इजरेल आक्रमणमा मृत्यु भएका तीन नेपालीको शव आइपुग्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
nepali-boady.jpg

काठमाडौं । इजरेलमा हमासको आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । मृतक १० मध्ये तीन जनाको शव काठमाडौं आइसकेको हो भने बाँकी १ जनाको शव दिउँसो १ बजे आउने बताइएको छ । 

इजरेल सरकारले पहिचान खुलेका ४ जनाको शव कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासमा बुझाएसँगै आईतवार बिहान शव काठमाडौं आइपुगेको हो । 

नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको शव नेपाल आएको हो । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ । 

न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आईतवार बिहान धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो । 

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरेली राजदूत हानान गोदरले इजरेल युद्धमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई इजरेलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ