arrow

बेलबारी गोल्डकपको उपाधि ब्रिगेडलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
belbari-goldup-2080.jpg

पथरी । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लबलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधि चुमेको हो ।

ब्रिगेडले उपाधिसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पुरस्कार प्रदान गरे । 

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट विमुख भएको हो । खेल शुरू भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।

३१ औँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका लागि दीपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डी एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुवै टिमले निकै आक्रामक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।

ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बूले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।

उनी उत्कृष्ट गोलकिपरसमेत भए । विधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो ।  ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए । 

खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवार्ड बिर्तामोडका आशीष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ