arrow

खसीबोका व्यापारी भन्छन्- यस पटक व्यापार कम भयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
khasi-boka.jpg

काठमाडौँ । खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् । 

नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरूबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । 

उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महँगो परेको बताए । 

उनीहरूले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महँगो पर्न गएको उनीहरूको भनाइ छ । 

एक सर्वसाधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको बताए । 

त्यस्तै पशु चौपाया खरिद बिक्री सङ्घका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताए । 

उनले मानिसहरूसँग पैसा कमी भएकाले दशैँमा चहलपहल नभएको र अरू बेलाको जस्तै मूल्य रहेको बताए । य

स वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ