arrow

दशैँमा मात्र गाइने भजन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
dashian-bhajan-2080-07-06 (14).jpg

पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दशैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दशैँको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो । 

यो भजन सेनकालीन भएको तानसेन टक्सारका ज्येष्ठ नागरिक मंगलमान बज्राचार्यले जानकारी दिए । यो भजन वर्षमा एक पटक पाल्पाको भगवती मन्दिर परिसरमा मात्र गाइन्छ । तर यसको संरक्षण हुन नसक्दा परम्परागत संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको हो ।

तानसेनमा डाफा भजन गाउन र यसको रागका साथै ताल मिलाउन जान्ने दुई जनामात्र छन् । भजनगुरु ज्ञानुकुमार बज्रचार्य र मंगलमान बज्राचार्यले गरेका हुन्छन् । 

दुवैले दुई समूहको नेतृत्व गर्छन् । हातमा हार्मोनियम, तबला बजाउँदै अगाडि राखिएका भजनको पाना हेर्दै गाउन भने अरुले पनि सहयोग गर्छन् । हार्मोनियम र तबलासँगै मुजुरा, झ्यालीको ताल पनि मिलाइन्छ । खासमा डाफा भजन भने मृदङ्गा र झ्याली बजाएर डाफा भजन गाइने भए पनि यसलाई परिष्कृत गर्दै लगिएको छ । 

पछिल्लो समयमा युवापुस्तालाई कुनै पनि भजनकीर्तनमा खासै चासो छैन । एकातर्फ वयोवृद्ध भजन गाउनेहरुको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको संस्कृतिविद् मदन देउरालीले बताए ।
 

dashian-bhajan-2080-07-06 (1).jpg
dashian-bhajan-2080-07-06 (2).jpg
dashian-bhajan-2080-07-06 (3).jpg
dashian-bhajan-2080-07-06 (4).jpg
dashian-bhajan-2080-07-06 (5).jpg
dashian-bhajan-2080-07-06 (6).jpg
dashian-bhajan-2080-07-06 (7).jpg
dashian-bhajan-2080-07-06 (8).jpg
dashian-bhajan-2080-07-06 (9).jpg
dashian-bhajan-2080-07-06 (10).jpg
dashian-bhajan-2080-07-06 (11).jpg
dashian-bhajan-2080-07-06 (12).jpg
dashian-bhajan-2080-07-06 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ