arrow

जसले टुक्राए विवाहका छ हजार प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
prabhas-2023a.jpg

काठमाडौँ । भारतीय अभिनेता प्रभास ४४ वर्षका भएका छन् । उनको जन्म २३ अक्टुबर १९७९ मा मद्रासमा भएको थियो । उनको पूरा नाम उप्पलापति वेंकट सूर्यानारायण प्रभास राजू हो ।

उनी दक्षिणका चर्चित निर्माता उप्पलापति सूर्यानारायणका छोरा हुन् । उनका तीन भाइ–बहिनी छन् । उनी सबैभन्दा कान्छा हुन् । 

उनले खेलेको पहिलो फिल्म ‘ईश्वर’ सन् २००२ मा रिलिज भएको थियो । सन् २००५ मा उनी एसएस राजामौलीको चलचित्र ‘छत्रपति’ मा देखिए । जसले प्रभासलाई नयाँ स्टारडम दियो । सन् २०१५ मा आएको ‘बाहुबली’ ले उनलाई विश्वमै चिनारी दिलायो ।

यो फिल्मको तयारी भने सन् २०११ देखि नै गरिएको थियो । यो फिल्म खेल्नका लागि ऋतिक रोशनलाई दिइएको भए पनि उनले नमानेपछि प्रभासको ‘इन्ट्रि’ भएको थियो । प्रभासले कयौँ महिना आफ्नो शरीर बनाउन लगाए ।

उनले अमरेन्द्र बाहुबलीको भूमिकाका लागि १०५ किलो वजन बनाए । यो उनको करियरको १८ औँ चलचित्र थियो । यो फिल्ममा काम गर्नका लागि प्रभासले पाँच वर्षसम्म कुनै अर्को फिल्ममा काम गरेनन् । ठूला ठूला प्रोजेक्ट पनि उनले छाडे ।

जसका कारण उनको जीवनमा आर्थिक मन्दीसमेत छायो । बाहुबली तेलुगु, तमिल, हिन्दी र मलालयम भाषामा भारतका करिब चार हजार स्क्रिनमा रिलिज भएको थियो । 

यो फिल्म तेलुगु र साउथ क्षेत्रमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्यो । यो भारतको सबैभन्दा बढी कमाइ गर्ने हिन्दी डब फिल्म पनि बन्यो । अनि यो सबैको रेकर्ड फेरि बाहुबलीको सिक्वेल बाहुबलीः द कन्क्लुजनले तोड्यो । 

प्रभासको यो फिल्म भारतको त्यस्तो पहिलो फिल्म थियो जसले १० दिनमा हजार करोड भारु कमाएको थियो । 

बाहुबलीपछि पेन इन्डिया स्टार बनेपछि प्रभासका फ्यानहरु कयौँ गुणा बढेका थिए । यो फिल्मपछि विवाहका लागि उनलाई छ हजार प्रस्ताव आएका थिए । भनिन्छ उनको नाता पहिलेदेखि नै परिवारले तय गरेर राखेको छ । 

उनले १६५० एकड जंगल अपनाएका छन् । सन् २०२० मा उनले हैदराबादस्थिति काजीपल्ली फरेष्ट रिजर्भलाई अपनाएका छन् । दुई करोड भारु दान दिएपछि उनले जंगलको सबै जिम्मेवारी उठाएका छन् । 

उनले यो जंगल आफ्ना बाबुको नाममा अपनाएका हुन् । 

उनको कोच्चीको युनाइटेड मिडिया कम्पनीले ५० हजार स्क्वायर फिटको एउटा पोष्टर बनाएको थियो । यो पोष्टरसँगै उनको फिल्म र प्रभासको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाइएको छ । 

प्रभास साउथका एकमात्र नायक हुन् जसको मैनको मूर्ति बैंककको तुसाद सङ्ग्रहालयमा राखिएको छ । 

योसँगै अभिनेता महेश बाबू र अभिनेत्री काजल अग्रवालको मूर्ति पनि राखिएको छ । 

उनको ‘सालार’ आउँदै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ