arrow

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
nabakanya-puja-rastrapati-ramchandra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन सोमबार शीतल निवासमा नवकन्याको पूजा गरेका छन् । 

विशेष समारोहबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । 

दशैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । 

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ