arrow

इजरेल–हमास युद्धविरामको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
antonio-guteres-antony-linda.jpg

काठमाडौँ । इजरेल–हमासबीच चलिरहेको युद्धको आज १९ दिन भइसकेको छ । सोही क्रममा हजारौँको ज्यान गइसकेको छ भने दुवैतर्फ अतुलनीय क्षति भइसकेको छ । 

यो युद्ध कहिलेसम्म चल्छ भन्ने यकिन छैन भने रोक्ने प्रयास पनि भइरहेको छैन । विश्वका विभिन्न राष्ट्रहरु पक्षविपक्षमा उत्रिएका छन् । तर युद्धविराम गर्न पहल भइरहेको छैन । 

यसैबीच पछिल्लो समय गएराति इजरेली सेनाले सिरियाको सैन्य आधार शिविरमा आक्रमण गरेको छ । सिरियाका तर्फबाट गोलन हाइटस्मा इजरेली समूदायमाथि रकेट आक्रमण गरिएपछि जवाफ कारबाही गरेको इजरेलले जनाएको छ । 

यसैबीच संयुक्त राष्ट्रसंघले इजरेल–हमास युद्धको युद्धविरा मगर्न माग गरेको छ । राष्ट्रसंघ प्रमुख एन्टोनियो गुटेरेसले प्यालेस्टेनीहरुले यो युद्धलाई जसरी सहिरहेका छन् त्यसका बाबजुद पनि हमासको हमलालाई सही ठहर्याउन नसकिने भन्दै युद्ध विराम गर्नुपर्ने माग गरेका हुन् । 

हमासको हमलाको सजाय सम्पूर्ण प्यालेस्टिनीले भोग्नु परेको भन्दै यो गलत भएको गुटेरेसले बताएका छन् । 

यता गुटेरेसले युद्धविरामको माग गर्दा इजेरली प्रतिनिधिले उनकै राजीनामा मागेका छन् । अमेरिकाले अझै युद्धविरामको पक्षमा नरहेको बताएको छ । अहिले युद्धविराम गर्दा हमासलाई फाइदा हुने अमेरिकी तर्क छ । 

अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकेनले युद्धविरामका लागि समय नभएको बताए पनि गुटेरेसले भने प्रयास नछाड्ने बताएका छन् । उक्त समयमा राष्ट्रसंघकी अमेरिकी प्रतिनिधि लिन्डा थोमस पनि सहभागी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ