arrow

दशैँमा चलचित्र : पहिलो दिनमै भष्मे डनले कमायो दुई करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
bhasmey-don.jpg

काठमाडौँ । नेपाली चलचित्रको लागि दशैँ राम्रो समय मानिन्छ । दशैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । 

त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दशैँ विशेष हुने बताए । 

“अन्य चाडपर्वको तुलनामा दशैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्”, वितरक श्रेष्ठले भने । 

उनले वितरण गरिरहनु भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ले पहिलो दिन रु दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए । 

“नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता चलचित्र दशैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ”, उनले भने । 

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो ।

 तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

 “नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ”, कार्यकारी निर्माता बानियाँले भने । 

उनले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ