arrow

प्रचण्डले लिए नारायणकाजीको स्वास्थ्यबारे जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
prachanda-narayankaji-renu-.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले बुधबार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् । 

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । 

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन् । 



नयाँ