arrow

दशैँमा सुनसान सिंहदरबार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
sunsan-singhadarbar.jpg

काठमाडौँ । दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैँको बिदा सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । 

शुक्रवार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ । हाल मन्त्रालयमा सीमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । 

दैनिक हजारौँको सङ्ख्यामा मानिसहरू सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ । दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनसान बनेको छ । 

शनिवार पूर्णिमाका दिनबाट मात्रै दशैँको टिका विधिवत् रूपमा सकिन्छ । आइतबारबाट भने नियमित काममा फर्किने कर्मचारीहरू बढ्ने अनुमान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ