arrow

चीन पुगे प्रधानसेनापति शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
prabhuram-sharma-china-2080.jpg

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ पुगेका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा उनी चीन पुगेका हुन् । 

उनी चीन जानुअघि चिनियाँ सेनाको एउटा टोली नेपाल आएर उनीसँग भेटघाट गरेको थियो । भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

उनी यही कात्तिक १६ गते स्वदेश फर्किदै छन् । 

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत हुन् । 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ । 

खड्काले पुस ३ गते अवकाश पाउँदैछन् । 

शनिबारबाट अर्का रथी सरोजप्रताप राणाले पनि अवकाश पाइसकेका छन् । 

उनको स्थानमा उपरथी ताराध्वज पाण्डेको बढुवा सिफारिस भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ