arrow

जीवन

logo
कविता गौतम,
प्रकाशित २०८० कार्तिक ११ शनिबार
kabita-gautam-2080-07-11.jpg

चुनौतीको जन्जिर गलमा जीवन कसिएको छ 
वचनको बाण हृदयभित्र धसिएको छ 

भाग्यमै खोट रैछ गरौँ गुनासो कोसँग 
जति दिनु धोका मलाई यही जीवनले नै दिएको छ 

बिर्सन नसकेपछि यादहरुले नै यहाँ
भतभति पोलेर मुटु धेरै चस्किएको छ 

भोगाइ फरक भएर होला अनुभव र अनुभूतिको व्यथा अलग छ 

आकांक्षाको सीमारेखा खै किन यसरी बढ्दै बढ्दै गएको छ 

तृप्ति कहिल्यै छैन यहाँ सास नगएसम्म
आश भने झन् झन् खै किन यसरी बढ्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ