arrow

सराय खेल्दै दशैँ बिदाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
saraya-dashian-2080 (13).jpg

पाल्पा । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दशैँलाई बिदा गरिएको छ । पश्चिमका जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा सराय नाच नाच्ने चलन छ । 

दशैँको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर यो नाच नाचिन्छ । सराय खुँडा, खुकुरी, भाला, तरवार जस्ता घरेलु हतियार प्रयोग गरेर नाचिने रमाइलो र साहसिक खेल हो । सरायलाई महोत्सवकै रुपमा लिने चलन छ । 

फरक, फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सराय खेल्ने र नाच्ने गरिन्छ ।  पाल्पाको भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतमा फूलपाती दशैँघरमा लागि विर्सजन गर्न सराय खेलिन्छ । अष्टमी, नवमी र दशमीको दिनमा तरवार ठोक्काउने, बलि दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गरिन्छ । 

कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउदै परिक्रमा गर्ने चलन रहेको चलन छ । अष्टमीको दिनमा बलि दिने र देवी खुशी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । 

अग्ला कोट, देवीका मठमन्दिरमा देवीको पुजाआजा र भजन–किर्तनसँगै सराय खेल्ने गरिन्छ । पञ्चेबाजाको तालमा खुकुरी, खुडा, तरवार नचाउने र खेल प्रदर्शन गरेका थिए । हतियार प्रयोग गरिने भएकोले यसलाई साहसी र रमाइलो खेलको रुपमासमेत लिने गर्छन् । 

 घटस्थापनादेखि पुजा आजा गरिएको देवीको मन्दिरको फुलपाती टिका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ । 

यसरी सेलाएपछि यस वर्षको दशैँसमेत बिदा गरिने र एक वर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ ।

saraya-dashian-2080 (1).jpg
saraya-dashian-2080 (2).jpg
saraya-dashian-2080 (3).jpg
saraya-dashian-2080 (4).jpg
saraya-dashian-2080 (5).jpg
saraya-dashian-2080 (6).jpg
saraya-dashian-2080 (7).jpg
saraya-dashian-2080 (8).jpg
saraya-dashian-2080 (9).jpg
saraya-dashian-2080 (10).jpg
saraya-dashian-2080 (11).jpg
saraya-dashian-2080 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ