arrow

सिंहदरबारमा गुटेरेस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
guterres-singhadurbar-10-29.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरे । 

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले औपचारिक छलफलको थालनी सिंहदरबारबाट थालेका हुन् । उनले सो क्रममा शुरुआतमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरे । साउदले नै उनलाई बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए । साउद आजै अमेरिका जाँदैछन् । 

त्यसपछि गुटेरेसले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरेका गुटेरेसले प्रचण्डसँग छलफल गरेका हुन् । सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ताको कार्यक्रम थियो । तर उनीसँग मंगलबार भेटवार्ता हुने भएको छ । 

गृहमन्त्री श्रेष्ठ हृदयाघात भएर चीनबाट फर्केपछि खासै घुलमिल भइरहेका छैनन् । 

गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्ेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेपछि अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार वार्ता गर्दैछन् । त्यसपछि उनी पाटन दरबारस्क्वायर जानेछन् ।

बेलुकी ७ बजेदेखि पौने ९ बजेसम्म प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोज होटल सोल्टीमा हुनेछ । 

उनले १४ गते संसद बैठकमा सम्बोधन गर्नेछन् । यो सम्बोधनबारे सांसदहरुलाई आज संसदमा जानकारी गराई सभामुख देवराज घिमिरेले १४ गते दिउँसो ३ः४५ सम्म आ–आफ्नो सिटमा बसिसक्न पनि सांसदहरुलाई निर्देशन दिएका छन् । 

guterres-singhadurbar-2080-07-12a (1).JPG
guterres-singhadurbar-2080-07-12a (2).JPG
guterres-singhadurbar-2080-07-12a (3).JPG
guterres-singhadurbar-2080-07-12a (4).JPG
guterres-singhadurbar-2080-07-12a (5).JPG
guterres-singhadurbar-2080-07-12a (6).JPG
guterres-singhadurbar-2080-07-12a (7).JPG
guterres-singhadurbar-2080-07-12a (8).JPG
guterres-singhadurbar-2080-07-12a (9).JPG
guterres-singhadurbar-2080-07-12a (11).jpg
guterres-singhadurbar-2080-07-12a (12).jpg
guterres-singhadurbar-2080-07-12a (13).jpg
guterres-singhadurbar-2080-07-12a (14).jpg
guterres-singhadurbar-2080-07-12a (16).JPG
guterres-singhadurbar-2080-07-12a (17).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ