arrow

गुटेरेसलाई साथमा राखेर प्रचण्डले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
antonio-prachnda.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।  आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । 

नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रचण्डले राष्ट्र सङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुङ्गोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको पनि महत्त्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे। उनले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए । 

प्रचण्डले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ