arrow

टाइगरको गणपत सुपर फ्लप

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
ganapat-poster-2023.jpg

मुम्बई । टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ फ्लप भएको छ । सन् २०२३ को प्रतिक्षित फिल्म बनेको भए पनि फ्यानको उत्साह र धैर्यता टुटेको छ । 

यो चलचित्र हलमा पुग्दा दर्शकले रुचि देखाएनन ।  यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाई लाखमा पनि कमाउन मुस्किल छ । 

सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औँ दिन अर्थात् दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औँ दिन अर्थात दोस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै  टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।

यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोडमात्रै कमाउन सक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ