arrow

नेपालले उपाधि जित्छ : सन्दीप लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
sandeep-lamichanee-.jpg

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले उपाधि जित्ने दाबी गरेका छन् ।

 आइसीसी टी-२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेसँग सन्दीपले  घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। 

मंगलवार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । 

त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे । 

साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए । यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो ।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ