arrow

तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
prees meet.jpg

काठमाडौँ । तेस्रो जलरङ अन्तर्राष्ट्रिय महोत्सव आगामी मङ्सिर १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गरिने भएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाजले आयोजना गर्ने महोत्सवमा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, दक्षिण अफ्रिका, म्यान्मार, अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, हङ्कङ, इरानलगायत ४० मुलुकका करिब तीन सय कलाकार सहभागी हुनेछन् ।

महोत्सवमा कलाकृति प्रदर्शनीका साथै कार्यशाला गोष्ठी गरिने समाजका अध्यक्ष एनबी गुरुङले जानकारी दिए । 

उनका अनुसार प्रदर्शनीमा जलरङको प्रयोग गरी सिर्जना गरिएका चराचुरुङ्गी, रहन-सहन, संस्कृतिका विभिन्न पक्ष प्रस्तुत भएका कलात्मक कृति तथा प्रकृतिका सुन्दर दृश्यदेखि मानव आकृतिका विम्ब, भगवानका अनेक रुप, भावनालाई उतारिएका चित्रकला सङ्कलन गरिने छन् ।

अध्यक्ष गुरुङले महोत्सव अवधिमा काठमाडौँ उपत्यकाका तीन वटै दरबार क्षेत्रमा कार्यशाला गरी कला सिर्जना गरिने जानकारी दिए । 

कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश-विदेशका कलाप्रेमीसम्म कला पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो ।

“महोत्सवमा अन्तर्राष्ट्रिय तहमा विकास भएका कला, कौशलता तथा क्षमता विकासमा कलाकारबीच अनुभव आदान-प्रदान गरिने छ”, गुरुङले भने, “महोत्सवमा राखिने कला कृति ग्राहकले पछि कलाकारलाई सम्पर्क गरी किन्न सकिने व्यवस्था गरिएको छ ।”

समाजले भर्चुअल कला प्रदर्शनी, अनलाइन कला प्रदर्शनमार्फत विभिन्न देशका कलाकारले लकडाउनमा गरेका सिर्जनालाई देखाउने तथा प्रचारप्रसार गर्ने गर्दै आएको छ । 

करिब एक सय देशमा सञ्जाल विस्तार गरेको छ ।

प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः तीन सय, दुईसय र एक सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ