arrow

नेतालाई बालेनले भनेः तपाईहरुले पूरै देश बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
balen-saha.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेताहरुले देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । सामाजिक संजालमाफर्त बुधबार बेलुकी उनले नेताहरुले पूरै देश नै बेचे पनि काठमाडौँ भने एक्लो नेपाल भनेर उभिने बताए । 

उनले लेखेका छन्, ‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ अगाडि लेखेका छन्, ‘तपाईहरुले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिने छ ।’

मेयर साहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको भन्दै कसैको अपमान नगरेको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ