arrow

काभ्रेपलाञ्चोकको एक घरमा आगलागी, चार सटर पूर्व रुपमा जलेर नष्ट

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
fire-kavre-2080-07-17.jpg

काभ्रेपलाञ्चोक । विद्युत सर्ट भई आगलागी हुँदा  ७२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पाँचखाल–४ स्थित समाजकल्याण चोकको एक घरका ९ वटा सटरमा रहेका पसलमा क्षति पुगेको छ ।

समाजकल्याणचोकमा उद्धवप्रसाद तिमल्सिनाको घरमा रहेका ९ वटा सटरमध्ये ४ वटा कपडा पसल पूर्णरुपमा र ३ वटा होटल, १ मोबाईल पसल र १ मासु पसल रहेको सटरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी० राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार शुक्रबार बिहान अन्दाजी सवा ६ बजे शुरु भएको आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा ६ बजेर ५५ मिनेटमा नियन्त्रणमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ