arrow

फूल हेर्न पूर्वरानी कोमल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
x-queen-komal-shah.jpg

काठमाडौँ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा जारी रहेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा घुइँचो उल्लेख्य रहेको छ । 

उक्त प्रतियोगितात्मक प्रदर्शनीमा पूर्व रानी कोमल शाह पनि उपस्थित भएर पुष्प नेत्रपान गरेकी छिन् । उनी फूलहरु हेर्दा निकै नै प्रफुल्लित मुद्रामा देखिन्थिन् । 

प्रायः बाहिर ननिस्कने कोमल पुष्प प्रदर्शनीमा पुगेपछि आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल पनि खुशी देखिन्थ्यो । 

आयोजकका अनुसार हरेक दिन मेला अवलोकन गर्न जानेको संख्या बढ्दो क्रममा रहेको छ । पुष्प विकास केन्द्र सहआयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ । 

पाँच दिने मेला शनिबार सकिने छ । प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । 

हाल नेपालमा ४८ जिल्लामा करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानको तथ्याङ्क छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।  

मेलाको थप आकर्षणहरुमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा सोही दिन बेलुकी लक्की ड्र गरी विजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने कार्यक्रम रहेको छ । 

komal-shah-puspamela-2080-07-17 (1).jpg
komal-shah-puspamela-2080-07-17 (2).jpg
komal-shah-puspamela-2080-07-17 (3).jpg
komal-shah-puspamela-2080-07-17 (4).jpg
komal-shah-puspamela-2080-07-17 (5).jpg
komal-shah-puspamela-2080-07-17 (6).jpg
komal-shah-puspamela-2080-07-17 (7).jpg
komal-shah-puspamela-2080-07-17 (8).jpg
komal-shah-puspamela-2080-07-17 (9).jpg
komal-shah-puspamela-2080-07-17 (10).jpg
komal-shah-puspamela-2080-07-17 (11).jpg
komal-shah-puspamela-2080-07-17 (12).jpg
komal-shah-puspamela-2080-07-17 (13).jpg
komal-shah-puspamela-2080-07-17 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ