arrow

जिन्दगी

logo
कविता गौतम,
प्रकाशित २०८० कार्तिक १८ शनिबार
kabita-gautam-2080-07-18.jpg

यो तेरो यो मेरो गर्दा गर्दै सकिन्छ जिन्दगी
हरपल हरक्षण मर्दामर्दै सकिन्छ जिन्दगी !

हिजो भएन अब त केही हुन्छ होला भनी
आश विश्वासमा पर्दापर्दै सकिन्छ जिन्दगी !

कुन ठाउँ गए सुखका दिन आउँछन् सोची
यताउता बसाइ सर्दासर्दै सकिन्छ जिन्दगी !

कहिले ठूला कहिले साना सुख र दुःखका
आइपर्ने जंघार तर्दातर्दै सकिन्छ जिन्दगी !

अरुलाई प्रकाश दिन जलेको त्यो मैनसरी
पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी !

चाहना पूरा हुँदा खुशीका नहुँदामा दुःखका
नयनहरु आँशुले भर्दा भर्दै सकिन्छ जिन्दगी !

सबैका चाहना स्वर्गमा पुग्ने मरेर गएपछि
तर मृत्युसँग नै डर्दाडर्दै सकिन्छ जिन्दगी !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ