arrow

राष्ट्रसंघको स्कुलमा इजरेली आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ । शनिबार इजरेललले संयुक्त राष्ट्रसंघको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए । 

“आज बिहान इजरेलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र ७० जना घाइते भएका छन्”, मन्त्रालयलका प्रवक्ता असरफ अल–कद्रले पत्रकार सम्मेलनमा भने । 

मन्त्रालयले यसअघि १२ जना मारिएको र ५४ जना घाइते भएको बताएको थियो । 

इजरेलका तर्फबाट तत्काल उक्त आक्रमणबारे कुनै प्रतिक्रिया आएको छैन र एएफपीले पनि स्वतन्त्ररूपमा मृतकहरूको सङ्ख्या पुष्टि गर्न सकेको छैन । 

प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सी युनआरडब्लुएको तर्फबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । 

बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको युनआरडब्लुएले बताएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ