arrow

राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित, मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । जाजरकोट भूकम्पका कारण थुप्रै जनधनको क्षति भएपछि उनले भ्रमण स्थगित गरेका हुन् । 

पौडेल मंगलबार भूकम्प प्रभावित रूकुम पश्चिम र जाजरकोट जाने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलको प्रेस संयोजक खिला कार्कीले जनाएक छन् । 

 सरकारले गत सातामात्र राष्ट्रपति पौडेलको युरोप यात्रा स्वीकृत गरेको थियो । राष्ट्रपति पौडेल बुधबार २२ गते युरोप भ्रमणमा निस्कने कार्यक्रम तय भएको थियो । 

नौ दिनमा तीन देश फ्रान्स, जर्मनी र इटाली भ्रमण गरेर  राष्ट्रपति पौडेल मंसीर १ गते स्वदेश फर्कने कार्यक्रम थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सो बारेमा जानकारी गराएकी थिइन् । 

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने तय भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ