arrow

नयाँ संसद भवनको निर्माण दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
devraj-ghimirey-2080.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन् । उनले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गरे । 

त्यसैगरी उनले संसद भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए । उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

शहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताइन् । उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताइन् । उनले बजेटको सिमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताइन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताए । उनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिए । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उनले बताए । त्यसैगरी पर्खाल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको उनको भनाई छ ।

उनले अब भवन भित्रको इन्टेरियरको काम शुरु हुने बताए । उनले भवन निर्माण भइरहेको कारण एसीको काम ११ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो । आयोजना प्रमुख महर्जनले फर्निचरका लागि नमूना तयार भइरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ