arrow

सर्वदलीय बैठक सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन : प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
prachanda-2080-07-21.jpg

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आव्हान गरेको सर्वदलीय बैठक बसेको छ । सो बैठकमा शान्ति प्रक्रिया टुङ्ग्याउने लगायतका विषयमा छलफल भएको छ । 

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बैठक कसैसँग डराएर नभई समीक्षा गर्नका लागि बसेको बताएका छन् । 

उनले भने,' हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताए ।

उनले भने, ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ । ’

 सिंहदरबारमा बसेको शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दलहरूको बैठकमा १२ बुँदे समझदारीका क्रममा महत्त्वपूर्ण भूमिका खेलेका राजनीतिबीच समसामयिक राजनीतिक परिस्थिति, विद्यमान अवस्थाका बारेमा छलफल भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ