arrow

कुमारी बैङ्कको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’  योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
rumari-bank--cashback--offer-tihar.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ।

नेपाली बैङ्किङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैङ्क लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ। यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैङ्किङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैङ्कद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यासब्याक दिने छ। क्यासब्याक रकम, पीओएस, क्युआर भुक्तानी तथा अनलाइन भुक्तानी बाट गरिने कारोबारमा प्रदान गरिने बैङ्कले जनाएको छ।

चाडबाडको यस अवसरमा कुमारी बैङ्क लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरू आगामी कार्तिक २६ देखि मङ्सिर ३ गते सम्म लागु हुने जनाएको छ।

कुमारी बैङ्कले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैङ्किङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैङ्किङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ