arrow

आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
mukhyamantri-kohalpur-goldc.jpg

खजुरा । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फुटबलको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो । 

विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । 

उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल शुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए । 

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयदेखि स्थानीय सरकारको सहयोग हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ