arrow

रहिनन् जलपरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
dipasha-bc-died.jpg

काठमाडौँ । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो । 
स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । 

२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामलेसमेत मोडलिङ र फिल्ममा परिचित थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ