कहिले राजनीतिले लुटेको छ मेरो देशलाई
कहिले प्रकृतिले लुटेको छ
अभिभावक नभएको घर जस्तै मेरो देश
आज साँच्चै लथालिंग भएको छ ।
सानो छँदा नेताहरुको भाषण सुन्दा
देशमा परिवर्तन आउछ भन्दा खुशी लाग्थ्यो
तर साँच्चै मेरो देश पहिले भन्दा निकै नै फरक भएको छ ।
एकातिर मलाई पहिलेको जस्तै मेरो देश हेर्ने रहर
यता लाखौँ युवा विदेशिन लागिसके
नेपाल बसौँ रोजगारी छैन
विदेशिनु युवाहरुको बाध्यता छ ।
घुस लिनेदिने दुवै अपराधी भएको कानूनी देशमा
भ्रष्टाचारकै ठूलो शहर छ ।
सुन्दर र शान्तिको प्रतीक भनेर चिनिने मेरो देश
आज भूकम्प जस्ता प्राकृतिक प्रकोपमा छ
सबैको जीवन डर नै डरको बीचमा त्रसित छ ।
मर्नेहरु मरिरहेका छन्
बाँच्नेहरु छट्पटाइरहेका छन्
तर मौन छ मेरो सरकार ।