arrow

कर्फ्यु तोडेर गरेको मिसन पत्रकारिताको स्मरण

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २५ शनिबार
media pro2.jpg

रुपन्देही । पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जाल बलियो बन्दै गएको पाइएको छ । तर त्यहाँ आउने अधिकांश सूचनाहरु गलत र भ्रामक हुन्छन् । पत्रपत्रिकामा आउने समाचार पनि विश्लेषणात्मक नभइ कताकता गएको जस्तो महसुस र स्थापित छापा, विद्युतीय र टेलिभिजनको स्तर गुम्दै गएकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको वरिष्ठ पत्रकार महेन्द्र थापाले बताए । उनले अब मिडियाको प्रस्तुतिमा नयाँपन आवश्यक रहेको औँल्याए ।

पूर्व संविधान सभा सदस्य नजिर मियाँले समसामयिक विषयमा बोल्दै लोकतन्त्र धर्मराएको बताए । प्रेस सेनानी अर्जुन ज्ञवालीले मिडियाले लोकतन्त्रको रक्षाका लागि टेवा पुर्‍याउने खालका सामाग्रीहरु प्रस्तुत गर्नुपर्ने बताए ।

शनिबार बुटवलका वरिष्ठ पत्रकार एवं दैनिक पत्रका सञ्चालक, प्रधान सम्पादक डा बालकृष्ण चापागाईले आयोजना गरेको 'परिवर्तित सन्दर्भमा मिडिया मिसन' विचार विमर्श कार्यक्रममा मिडियाका बारेमा गम्भीर चर्चा गरियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डा बालकृष्ण चापागाईले सामाजिक सञ्जाल र छापा मिडियाका सम्बन्धना धेरै प्रश्नहरु उठेका भन्दै लोकतान्त्रिक पद्धतिमा मिडियाको भूमिका कस्तो हुनुपर्छ र अब मिडियाको मिसन के हो ? भन्ने कुरामा केन्द्रीकृत हुन जरुरी रहेको बताए ।

सहभागी लेखक हरि ज्ञवालीले लोकतन्त्रको रक्षा गर्न अबको मिडिया मिसन कस्तो चलाउनु पर्छ भन्ने कुरामा गम्भीर भएर लाग्नुपर्ने र खोजी वा गोजी पत्रकारिता के गर्ने ? भन्ने विषय चुनौतीका रुपमा प्रस्तुत भएको बताए । ज्ञवालीले भने, 'मिसन भनेको एउटा अभियान हो, जसले आगामी दिनको रणनीति बनाएर अगाडि बढ्ने, पत्रकारिता कपिपेष्टतिर मौलायो । जसले राजीतिक नेता र अन्य जिम्मेवार निकायलाई प्रश्न गर्न सकिरहेको छैन । तटस्थता कायम गरौँ, पत्रकार कुनै राजनीतिमा आस्था होला । समाचारमा पत्रकारिताको सूत्रलाई विचलन नगराऔँ ।

कृषि विकास बैंकका पूर्व कर्मचारी कृष्ण भुसालले पत्रकार राष्ट्रको गहना र राज्यको चौथो अंग भएको भन्दै पत्रकारिता बिना कुनै परिवर्तनको विकल्प नभएको बताए ।

लुम्बिनीका रासस प्रमुख भरत केसीले पत्रपत्रिकामा आउने बिज्ञापन आज फेसबुकबाट बुस्ट गरेर हाल्ने, त्यो पैसा बाहिरै जाने यसलाई नियमन गर्नुपर्ने भन्दै जसले गर्दा मिडिया हाउस धरासायी बन्दै गएको बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बद्लिदो समय र नविनतम् प्रविधिको विकाससँगै पत्रकार हिड्नुपर्ने र पत्रकारका बारेमा नागरिक र सम्बन्धित निकायका प्रमुखहरुले नकारात्मक अफहवा फैलाउँदै गएको र यदि त्यसरी अफवाह गर्ने हो भने प्रमाणसहित गर्नुपर्ने, होइन भने मीठो बोलेर चर्चा कमाउने काम नगर्न चेतावनी दिए । 

प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेलले पुरानो व्यवस्था फाल्न पत्रकारहरुले कर्फ्यु तोडेर मिसन पत्रकारिता गरेको स्मरण गर्दै पछिल्लो समय पत्रकारिता गर्न मिडिया हाउस महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको जनाए ।

पत्रकार रुद्रहरिलाल कुँवरले सूचना प्रविधिको विकास हुँदै जाँदा पत्रकारितापछि पर्दै गएको र सञ्जाल र टिकटकमा आउने असंवेदनशील एवं अमर्यादित बन्दै गएकोमा चिन्ता व्यक्त गरे । 

हाम्रो चौतारीका प्रमुख यमलाल मरासिनीले सञ्जालमुखी बनेको सूचना र हिजोआज पत्रकार बन्दै गएका जो कोहीहरुलाई नियन्त्रित गर्नुपर्ने र पत्रकारिताको मर्मलाई जोगाउन तर्फ लाग्न पत्रकारिताका नेताहरुलाई आग्रह गर्दै राजनीतिक परिवर्तनको हिस्सेदार मानिने पत्रकारितालाई कतै स्वस्फूर्त रुपमा चल्न केही कुराले अल्झन बनाएको कि ? भन्दै दलीय पत्रकारिता पछिल्लो मिसन चल्दै गएको देखिएको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ