arrow

परम्परा जोगाउन रोटेपिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
roteping-2080-07-06.jpg
तस्बिर-फाइल

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो ।

“अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भने, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।”

उनका अनुसार दसैं तिहारजस्ता पर्वमा पनि अहिलेको आधुनिकताका कारण रौनक हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भूमिका निर्वाह गर्दै आएको हो । 

गाउँघरमा बाँसबाट बनाइने लिङ्गेपिङसमेत विस्थापित दसैं गइरहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटेपिङ लगाइएको स्थानीय धनप्रसाद राईको भनाइ छ । 

धनप्रसादको सक्रियतामा तीन दिन लगाएर वडामा रोटेपिङ हालिएको हो ।

“संस्कृतिको जर्गेना र संरक्षणका लागि पिङ हालिएकाले यसले सामाजिककाममा समेत सद्भाव बढाएको छ”, धनप्रसादले भने । 

विगतमा ग्रामीण क्षेत्रमा लोकप्रिय काठबाट बनेका रोटेपिङ अचेल देखिन छोडेका उनको भनाइ थियो । 

बढ्दो प्रविधिको विकास तथा अन्य सुखका कारण युवा सहर बस्न रुचाउने र गाउँ शुन्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृति र जोगाउन समस्या हुँदै आएको वडाध्यक्ष राईको धारणा छ । 

चार वडाको संलग्नतामा गाउँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएकाले निकै मजबुत छ ।

यो काठ आठदेखि १० वर्ष टिक्ने भएकाले चाडपर्वपछि यसलाई सुरक्षित राखेर आगामी वर्षमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ