arrow

भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्न गगन थापाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
gagan-thapa-2080-07-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन् । 

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्प पीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाएका छन् ।  

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गर्नुभएको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ । 

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए । 

भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ