arrow

शीतल निवासमा राष्ट्रपतिले गरे गाई पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
ramchandra-poudel-2080-.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । 

कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन आज देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । 

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । 

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । 

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहारको चौथो दिन गोरु पूजागोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ ।



नयाँ