arrow

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टीका लगाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् । 

राष्ट्रपति पौडेलले बिहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा दुवै बहिनीहरूको हातबाट टीका ग्रहण गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । 

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ । राष्ट्रप्रमुखले भने उत्तम साइतमै टीका लगाउनु पर्छ भन्ने मान्यता छ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा÷म्ह पूजा गरी मनाइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ