arrow

नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न बालेनको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
balen-new-2080.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् । 

मंगलबार काठमाडौँमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए ।

 उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रूपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ