arrow

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका आमने सामने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
worldcup-2023-aus-saf-.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । 

खेल दिउँसो २ः१५ बजेदेखि इडेन गार्डेनमा हुँदैछ । दक्षिण अफ्रिका लिग चरणको दोस्रो तथा अष्ट्रेलिया तेस्रो भएर सेमिफाइनलमा पुगेको हो । 

अष्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

हेड टु हेड 
दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको एक दिवसीय क्रिकेट निकै नै रोमाञ्चक हुने गर्दछ । अहिलेसम्म दुवैले आपसमा १०९ खेल खेलेका छन् । जसमा अष्ट्रेलियाले ५० खेल जितेको छ भने दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ ।

३ खेलमा टाइ भएको छ भने एक खेल नतिजाविहीन भएको छ । त्यस्तै तटस्थ भेन्युमा अष्ट्रेलियाले ९ तथा दक्षिण अफ्रिकाले ८ खेल जितेको छ । 

विश्वकपमा दुवैले आपसमा ७ खेल खेलिसकेका छन् । जसमा दुवैले समान ३ पटक खेल जितेका छन् । एक खेल टाइ भएको थियो । 

यो अर्थमा पनि भारतीय भूमिमा दुवैबीच कडा टक्कर हुने अनुमान गरिएको छ । तर जारी विश्वकपमा भने दक्षिण अफ्रिका हावी भएको छ । 

लिग चरणमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भएको थियो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

विजेताले फाइनलमा भारतसँग खेल्नेछ  । भारतले बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्यो ।  

फाइनल खेल आगामी आइतबार अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ