arrow

रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन माग

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
rasuwagadhi-Naka.jpg.jpeg
रसुवा (धुन्चे) । नेपालको उत्तरी नाका रसुवागढीलाई व्यवस्थित र मर्यादित बनाउन नेपाली काँग्रेसका भ्रातृ संस्थाहरुले माग गरेका छन् । नेपाल तरुण दल, विद्यार्थी सङ्घ र महिला सङ्घले शुक्रबार साँझ संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सो माग गरेका हुन । 
 
साना व्यवसायीले पनि परिश्रम गरी सहज रुपले काम गर्न पाउने वातावरण सिर्जना गर्न जिम्मेवार निकायसमक्ष माग समेत ती संस्थाले गरेका छन् । 
 
चीनसँगको कारोबार गर्ने रसुवागढी नाकामा साना व्यवसायीलाई थिचोमिचो गर्दै ठूला व्यवसायीको मात्रै हाबी बढेकाले यस्ता कार्यको निरुत्साहित गरी समान रुपले रसुवाली नागरिकलाई आफ्नो क्षेत्रमा व्यवसायको प्राथमिकता दिन जोड दिएको छ । 
 
केरुङबाट चिनियाँ सामान आयात निर्यातमा सबै कन्टेनर समूहलाई एउटै छातामा आबद्ध गराई समानुपातिक तवरले सामान ढुवानीमा परिचालन गराउने व्यवस्था हुन तरुण दलले आग्रह गरेको छ । हाल ट्रक र कन्टेनरको समूह सङ्ख्या भने नौ वटा रहेको र त्यसअन्तर्गत हजारौँ कन्टेनर परिचालित भइरहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ