arrow

रामचन्द्र खनाल कुमारी बैंकको सीईओमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
ramchandra-khanal-kumari-bank.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । रामचन्द्र खनाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । खनाललाई आगामी चार वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।

खनाल कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सो पदमा एक वर्ष नपुग्दै उनी सीईओमा नियुक्त भएका हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि नै दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो । 

अर्यालको राजीनामा स्वीकृत गरेसँगै शुक्रबारदेखि नै लागू हुने गरी खनाललाई जिम्मेवारी दिइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ