arrow

महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
bimalendra-nidhi-2080-05-31.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले भेटेर महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिएको निधीको निजी सचिवालयले जनाएको छ । 

यसैगरी उनले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि रु एक अर्ब सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधीले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाव दिएको जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ