- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरणका लागि ध्यान दिन विश्व समुदायलाई अपिल गरेका छन् ।
नेपाल पर्वतारोहण सङ्घले शनिवार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, काला पत्थरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन् ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट आफूले जलवायु परिवर्तनले नेपालमा पारेर नकारात्मक असर न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन –कोप–२८) बाट ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरिएको पनि बताए । उनले नेपालमा जलवायु परिवर्तनका पारेका असरबारे सो सम्मेलनमा स्पष्ट कुरा राख्ने पनि बताए ।