arrow

मंसिर ७ को सम्भावित दुर्घटना टार्न प्रशासन प्रयासरत, यी क्षेत्र बने निषेधित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
kathmandu-district-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूहले माइतीघर मण्डलालाई केन्द्र बनाएर प्रर्दशन गर्ने भएपछि सरकारले त्यस क्षेत्रलाई ३० दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । 

सोमबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

 काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुरक्षा समितिको बैठकले राष्ट्रपति कार्यालय शित्तल निवास क्षेत्र, प्रधानमन्त्री तथा बालुवाटार क्षेत्र, संसद भवन नयाँ बानेश्वर क्षेत्र, सिंहदरवार क्षेत्र र उपराष्टपति कार्यालय रहेको हरितगृह क्षेत्र लैनचौरमा भने दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

निषेधित क्षेत्र घोषणा भएपछि अब यी क्षेत्रमा ५ जना भन्दा बढी मानिसहरु जम्मा हुने, भेला हुने, जुलुस निकाल्ने, धर्ना, घेराउ गर्ने, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

यस्तै काठमाडौँमा विभिन्न जिल्लाबाट अवाच्छित रुपमा मानिसहरुको आवतजावत बढ्न सक्ने भएकाले सुरक्षा निकायका सबै अंगहरुको समन्वय गरेर निगारानी र चेकजाँचमा कडाई गर्ने निर्णय पनि भएको छ ।

नेकपा एमाले निकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईले मंसिर ७ गते बिहीबार काठमाडौँमा प्रदर्शन गर्ने स्थान, समय सबै एकै स्थान माइतीघर मण्डलामा हुने देखिएपछि सुरक्षा समितिको बैठक बसेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । 

एमालेको जनसंगठन युवा संघ नेपाल  र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रमका लागि प्रशासनले माइतीघर मण्डलाको स्पेश उपलब्ध नगराउने रणनीति अनुसार निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा दुवै पक्षलाई माइतीघर मण्डलाको स्पेश उपलब्ध गराउन प्रशासन असमर्थ रहेको जनाउ दिएको थियो । 

युवा संघले ७ मंसिरमा बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेको थियो  । तर प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि तीनकुनेमा प्रर्दशन गर्ने भएको छ ।  

उता प्रसाइले पनि आफ्नो घर भक्तपुरलाई केन्द्र बनाएर व्यापक तयारी गरिरहेका छन् । प्रसाईको समूहले कुन स्थानमा प्रर्दशन गर्छ भन्ने जानकारी दिएको छैन । 

यी क्षेत्र बने निषेधित–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ