arrow

डब्लूएफपी भन्छ – गाजाका २२ लाख मानिसहरूलाई तत्काल खाद्य सहायता चाहिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
israel-gaza-2080-07-19.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले गाजापट्टीमा २२ लाख मानिसहरूलाई खाद्य सहायता चाहिएको बताएको छ । 

‘खाद्य प्रणालीहरू ध्वस्त हुँदै छन् र खाँचोमा परेकाहरूलाई इन्धन, ग्याससहित खाद्य सामग्री तत्काल आवश्यक परेको विश्व खाद्य कार्यक्रमले भनेको छ । 

 गाजाका सरकारी सञ्चारमाध्यमले इजरेली आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त भएका र १७०  क्षतिग्रस्त भएका दाबी गरेको छ । 

गत ७ अक्टोबरयता घेराबन्दीमा रहेको प्यालेस्टिनी एन्क्लेभमा इजरेली आक्रमणबाट कुल ८३ मस्जिद ध्वस्त भएका छन् र थप १७० मा क्षति पुगेको गाजाका सरकारी मिडियाले जनाएका हुन् । 

प्यालेस्टाइनीहरूले इजरेललाई गाजाका मस्जिदहरूलाई विनाशको लागि जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । इजरेली सेनाहरूले हमासले आक्रमणबाट जोगाउन मस्जिदहरू प्रयोग गरेको निराधार दावी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ