- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा २०८० मङ्सिर ४ गतेबाट सञ्चालनमा ल्याएको छ। बैङ्कले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैङ्किङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैङ्कले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैङ्किङ सेवा पुर्याउने योजना बनाएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।