arrow

शान्त माइतीघर मण्डला [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
maitighar-2080-08-05 (10).jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र घोषणा गरेपछि माइतीघर मण्डला शान्त देखिएको छ । सधैजसो केही न केही आन्दोलन र प्रदर्शन गर्ने स्थान बनेको माइतीघर फेरि सामान्य अवस्थामा आएको हो । माइतीघरको मुख्य सडकसँगैको लेन लेन ७–८ महिनादेखि ठप्पै भएकामा अब भने निषेधित क्षेत्र घोषित हुँदा शान्त बन्दै गएको हो । 

सोमबारमात्रै प्रशासनले पद्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । 

कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । 

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । 

आन्दोलन वा विरोधका कार्यक्रम गर्दा सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न सक्ने र एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थासमेत भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको प्रजिअ बस्नेतले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र थप गरेको हो । जिप्रकाले मंसिर ७ गते हुन लागेका दुई ओटा छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको हो ।

यसअघि जिप्रकाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ । 

maitighar-2080-08-05 (1).jpg
maitighar-2080-08-05 (2).jpg
maitighar-2080-08-05 (3).jpg
maitighar-2080-08-05 (4).jpg
maitighar-2080-08-05 (5).jpg
maitighar-2080-08-05 (6).jpg
maitighar-2080-08-05 (7).jpg
maitighar-2080-08-05 (8).jpg
maitighar-2080-08-05 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ