arrow

नमोबुद्धमा सेभेन ए साइड फुटबल, उद्घाटनमा आरुबोट विजयी

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० मंसिर ५ मंगलबार
namobuddha-7aside-football.jpg

काभ्रेपलान्चोक  । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष निरबहादुर तामाङले जानकारी दिए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले प्रतियोगिता उद्धघाटन गरे । उनले खेलकुदले युवाहरुमा एकता कायम गर्न सहयोग पुग्ने धारणा राखे ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले खेलकुद विकासको लागि नगर प्रतिवद्ध रहेको बताउँदै अन्तर्राष्ट्रिय खेल खेल्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलमार्फत सो स्थानको पर्यटन प्रवर्द्धनका साथै व्यक्तित्व विकास हुने तर्क गरे ।

उपत्यका बिकास प्राधिकरणमा कार्यरत सहसचिव नवराज प्याकुरेलले सबैको खेलकुदका साथै सर्वाङिण बिकासमा जोड दिए ।

नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङ ले सबैको साथ सहयोगले प्रतियोगिता सम्भव भएको भन्दै सहयोग निरन्तरताको अपेक्षा गरे ।

उद्घाटन खेलमा आयोजक फूलबारी युवा क्लब र आरुबोट युवा क्लबबीच भएको खेलमा आरुबोट युवा क्लबले ३–१ ले जित हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ