- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधा सहितको परिमार्जित सुविधा सहित “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ। न्युन्तम मौज्दात एक हजार रुपैयाँ रहेको यस खातामा बैङ्कले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नुका साथै रु २० हजारसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क क्रेडिट-डेबिट कार्ड समेत उपलब्ध बैङ्कले जनाएको छ।
बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ।
बैङ्कले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तर वृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ।
दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बिमा सुविधा आम मानव जीवनको महत्त्वपूर्ण साधनका रूपमा विकसित हुँदै आएका छन्।
कुमारी बैङ्कले दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरू माझ प्रस्तुत गरेको छ। न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बिमा सुविधा तथा निःशुल्क क्रेडिट-डेबिट कार्ड समेत उपलब्ध गराएको “गज्जबको बचत खाता” नेपाली बैङ्किङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैङ्कले विश्वास लिएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।