arrow

रास्वपाले रौतहटमा कार्यक्रम गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा कार्यक्रम गर्ने भएको छ । 

जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर बजारमा रास्वपाले खुल्ला सभाको आयोजना गर्ने भएको हो । 

यहि मङ्सिर ९ गते शनिवार ११ बजे गौरमा भेटघाट तथा भेला र सोही दिन दिउसो १ बजे सन्तपुर मेला लाग्ने चौरमा रास्वपाले खुल्ला सभा गर्ने कार्यक्रम अहेको चन्द्रपुर नगर सभापति उदय सापकोटा(सुरेन)ले जानकारी दिए ।  

रौतहटको कार्यक्रममा केन्द्रीय सभापति रवि लामिछाने लगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने सभापति सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ