- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा शक्ति प्रदर्शन गरेको छ ।
बिहान काठमाडौँका विभिन्न आठ ठाउँबाट नाराजुलुससहित पुगेर बल्खुमा प्रदर्शन गरिरहेको हो । बल्खुमा पुगेर प्रसाईले सम्बोधन गरेका छन् । उनले सम्बोधनमा आफूहरु पछाडि नहट्ने र व्यवस्था नै परिवर्तन गरेरमात्र आन्दोलन रोकिने भन्दै समर्थकलाई उक्साएका छन् ।
यो प्रदर्शनमा उपत्यका बाहिरबाट आएकाहरुले व्यवस्था परिवर्तन नहुन्जेल काठमाडौँ नछाड्ने बताइरहेका छन् । यो पहिलो प्रदर्शनपछि राजधानीमा भोलिदेखि एक सातासम्म विभिन्न ठाउँमा जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन शुरु भएको उक्त समूहले बताइरहेको छ ।